Aug 01 2026 | २०८३, श्रावण १६ गते

२०८३, श्रावण १६ गते
  • यो साता चर्चामा :
images

एसीसी महिला टी–ट्वान्टी : वर्षा बाधक, नेपाल सेमिफाइनलबाट बाहिरियो

एसीसी महिला टी–ट्वान्टी : वर्षा बाधक, नेपाल सेमिफाइनलबाट बाहिरियो

  • शुक्रवार, आषाढ १० २०७९

  • 361
    SHARES

  • एसीसी महिला टी–ट्वान्टी : वर्षा बाधक, नेपाल सेमिफाइनलबाट बाहिरियो

    काठमाडौं । नेपाल एसीसी महिला टी–ट्वान्टी च्याम्पियनसिपको सेमिफाइनलबाट बाहिरिएको छ । युएईविरुद्धको पहिलो सेमिफाइनल वर्षाको कारण रद्द हुँदा नेपाल बाहिरिएको हो ।

    युएई भने फाइनल प्रवेश गरेको छ । समूह चरणमा समूह विजेता बनेको कारण युएई फाइनल पुगेको हो ।

    यस्तै नेपाल सेमिफाइनलबाट बाहिरिएपछि एसिया कप क्रिकेटमा छनोट हुन असफल भएको छ । फाइनल पुग्ने दुई टोली महिला टी–ट्वान्टी एसिया कप क्रिकेटमा छनोट हुनेछन् ।

    मलेसियाको किनरारा ओभलमा युएईले नेपाललाई जितका लागि ८२ रनको लक्ष्य दिएको थियो । तर, भारी वर्षाको कारण नेपालले ब्याटिङ नगर्दै खेल रद्द भयो ।

    त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको युएईले १९ ओभर ५ बलमा अलआउट हुँदै ८१ रन बनाएको थियो ।

    युएईका लागि वैष्णवी महेशले सर्वाधिक १६ रन बनाईन् । इशा रोहितले १५ रन जोड्दा कप्तान छाया मुघलले १४ रन जोडिन् । यस्तै खुसी शर्मा १२ रनमा आउट भईन् ।

    उत्कृष्ट बलिङ गरेकी नेपालकी अश्मिना कर्माचार्यले ५ विकेट लिईन् । यस्तै इन्दु वर्माले ३ र सीता रानाले २ विकेट हात पारिन् ।


    शुक्रवार, आषाढ १० २०७९१२:४९:३४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij