Jul 31 2026 | २०८३, श्रावण १५ गते

२०८३, श्रावण १५ गते
  • यो साता चर्चामा :
images

एसीसी महिला टी-ट्वान्टी : मलेसियालाई हराउँदै युएई च्याम्पियन

एसीसी महिला टी-ट्वान्टी : मलेसियालाई हराउँदै युएई च्याम्पियन

  • शनिवार, आषाढ ११ २०७९

  • 467
    SHARES

  • एसीसी महिला टी-ट्वान्टी : मलेसियालाई हराउँदै युएई च्याम्पियन

    काठमाडौं । युएईले एसीसी महिला टी-ट्वान्टी च्याम्पियनसिपको उपाधि जितेको छ । मलेसियाको किनरारा ओभलमा शनिबार भएको फाइनलमा आयोजकलाई ५ विकेटले हराएर युएईले उपाधि जितेको हो ।

    उपाधिसँगै युएई एसिया कप क्रिकेटका लागि छनोट भएको छ । उपविजेता मलेसिया समेत एसिया कपमा छनोट भएको हो ।

    मलेसियाले दिएको १ सय १ रनको लक्ष्य युएईले १८ ओभर ४ बलमा ५ विकेट गुमाएर पूरा गर्यो । युएईका लागि थिर्था सतिसले ५५ रनको अर्धशतकीय इनिङ खेलिन् । खुसी शर्मा १३ रनमा अविजित रहिन् ।

    मलेसियाका मास इलिसा, एइसा इलिसा र निक नुरले १र१ विकेट हात पारिन् । त्यसअघि पहिले ब्याटिङ गरेको मलेसियाले २० ओभरमा ४ विकेट गुमाएर १०० रन बनाएको थियो ।

    मलेसियाका लागि एन्ना हसिमले अविजित २८ रन जोड्दा नुर अरिनाले अविजित २५ रन बनाईन् । वान जुलियाले २० रन बनाईन् ।

    युएईका इन्धुजा नन्दकुमारले २ विकेट हात पारिन् ।


    शनिवार, आषाढ ११ २०७९०१:४४:०९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij