Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

अखिल क्रान्तिकारीले २७ विभागमा प्रमुख तोक्यो (सूचीसहित)

अखिल क्रान्तिकारीले २७ विभागमा प्रमुख तोक्यो (सूचीसहित)

  • आइतवार, आषाढ १२ २०७९

  • 795
    SHARES

  • अखिल क्रान्तिकारीले २७ विभागमा प्रमुख तोक्यो (सूचीसहित)
    काठमाडौं। नेकपा माओवादी केन्द्रको भ्रातृ संगठन अखिल क्रान्तिकारीले २७ विभाग प्रमुख तोकेको छ।
     
    अखिल क्रान्तिकारीले असार ५ मा भएको केन्द्रीय समितिको तेस्रो पूर्ण विस्तारित बैठकको निर्णयअनुसार विभाग प्रमुख, उपप्रमुख र सचिवहरू तोकेको हो।
     
    संगठन विभागको प्रमुखमा दीपेश पुनलाई जिम्मेवारी दिइएको छ भने प्रशिक्षण विभाग प्रमुख मिलन एमसी चयन हुनुभएको छ ।
     
    शैक्षिक विभाग प्रमुखमा मदन भट्टराईलाई राखिएको छ । 
     
    यस्तै उपाध्यक्ष पवन कार्कीलाई कारबाही गरिएको आज अखिल क्रान्तिकारीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ। संगठनको हित विपरीत गतिविधि गरेको भन्दै उनलाई कारबाही गरिएको हो।
     
    उनीहरू असार ५ मा केन्द्रीय समितिको तेस्रो पूर्ण विस्तारित बैठक सुरु हुनुअघि तोडफोडमा उत्रिएका थिए।
     
    सूची !
    289613036_344318051216793_9044077666570540684_n.jpg


    आइतवार, आषाढ १२ २०७९०१:३७:४३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij