काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरले चुनावी गठबन्धनका लागि नेपाली कांग्रेस नेतृत्वको गठबन्धन र नेकपा एमालेसँग पनि संवाद भइरहेको बताउनुभएको छ । तर अहिलेसम्म कुनै निर्णय नभएको र आफूहरू कुनै गठबन्धन नगएको उहाँले प्रस्ट पार्नुभएको छ ।
लोक दलसँग भएको पार्टी एकता कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ठाकुरले भन्नुभयो, ‘एमालेसँग कुराकानी भइरहेको छ । म आफैंले दुई पटक भेटेको छु, अरू नेताहरूले पनि कुराकानी गर्नु भएको छ । तर निर्णय भइसकेको छैन ।’
कांग्रेस नेतृत्वको गठबन्धनसँग पनि कुनै सहमति भइनसकेको ठाकुरले स्पष्ट पार्नुभएको छ ।