Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images
काठमाडौंमा हैजा संक्रमण

पानी उमालेर मात्रै पिउन र सरफाइमा ध्यान दिन डा. पोखरेलको सुझाव

पानी उमालेर मात्रै पिउन र सरफाइमा ध्यान दिन डा. पोखरेलको सुझाव

  • मंगलवार, आषाढ १४ २०७९

  • 566
    SHARES

  • पानी उमालेर मात्रै पिउन र सरफाइमा ध्यान दिन डा. पोखरेलको सुझाव

    काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव डा. रोशन पोखरेलले पानीको समस्यालाई समाधान गरेर पानी उमालेर मात्रै पिउने गर्‍यौ र ढल, पानी मिसिएको समस्यालाई तत्काल समाधान गर्‍यो भने हैजाको संक्रमण रोक्न सकिने बताउनुभएको छ ।

    नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग कुरा गर्दै डा.पोखरेलले हैजा देखिएका स्थानमा अनुगमन गर्दा खानेपानीमा कोलिफर्म, व्याक्टेरिया देखिएकाले पानी दुषित र पिउन योग्य नभएको सम्वन्धित मन्त्रालयहरुसँग जानकारी गराएर छलफल पनि भइरहेको बताउनुभयो ।

    सबै मिलेर खानेपानीको समस्या, खानेकुराको गुणस्तर, सफाइ र व्यवस्थापनमा विशेष ध्यान दिनुपर्ने उहाँको आग्रह छ । अनुगमन गर्दा केहि ठाउँमा खानेपानी र ढल एकै ठाउँमा भएकाले पानी दुषित देखिएको बताउँदै डा. पोखरेलले पानीलाई उमालेर मात्रै पिउन सुझाव दिनुभएको छ ।

    यस्तै डाक्टर पोखरेलले हैजा रोग तथा यससँग मिल्दोजुल्दो लक्षण देखिएमा सामान्य रुपमा नलिएर नजिकैको स्वास्थ्य चौकीमा गएर सम्पर्क गरे हैजाको उपचार रोकथाम गर्न सकिने बताउनुभयो ।

    सतर्क बनेर सफा, उमालेको पानी मात्रै पिउने गरे, बाहिरको खानेकुरा खादा विचार गरे आत्तिहाल्नुपर्ने अवस्था नहुने डा. पोखरेलको भनाइ छ । उपत्यकाका १० ठाउँमा र जारको पानीमा पनि यसको संक्रमण देखिएपछि सर्वसाधारण त्रसित बनेका छन् ।


    मंगलवार, आषाढ १४ २०७९०७:०९:०५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij