Jul 25 2026 | २०८३, श्रावण ९ गते

२०८३, श्रावण ९ गते
  • यो साता चर्चामा :
images

ज्ञवालीको आरोप : गठबन्धनको उद्देश्य सत्ता स्वार्थ मात्र हो !

ज्ञवालीको आरोप : गठबन्धनको उद्देश्य सत्ता स्वार्थ मात्र हो !

  • मंगलवार, आषाढ १४ २०७९

  • 796
    SHARES

  • ज्ञवालीको आरोप : गठबन्धनको उद्देश्य सत्ता स्वार्थ मात्र हो !
    काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले गठबन्धन सरकारको एकमात्रै उद्देश्य सत्ता स्वार्थ भएको बताउनुभएको छ । 
     
    भरतपुरमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उपमहासचिव ज्ञवालीले गठबन्धन सरकार आएदेखि मुलुकले एकपछि अर्को गम्भीर संकटको सामना गरिरहेको टिप्पणी गर्नुभयो । 
     
    मुलुक आर्थिक हिसाबले मुलुक अत्यन्त जोखिमको अवस्थामा पुगेको भन्दै उहाँले भन्नुभयो, ‘अर्थतन्त्रका हरेक सूचकहरूमा रातो बत्ती बलिरहेको स्थिति छ ।’
     
    मुलुकको अर्थतन्त्र कुल बेला ‘कोल्याप्स’ हुन्छ भन्ने गम्भीर आशंकाले अर्थशास्त्री, व्यवसायी तथा आम जनता चिन्तित भएको समेत ज्ञवालीको धारणा छ ।
     
    पूर्व परराष्ट्रमन्त्री समेत रहेका ज्ञवालीले मुलुकको बाह्य सम्बन्धमा गम्भीर विचलनहरू देखा परेका दाबी गर्नुभयो । 
     


    मंगलवार, आषाढ १४ २०७९०३:३९:११
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij