Jul 28 2026 | २०८३, श्रावण १२ गते

२०८३, श्रावण १२ गते
  • यो साता चर्चामा :
images

बामदेवको पार्टी बहुपदीय हुने, ७ उपाध्यक्ष व्यवस्था

बामदेवको पार्टी बहुपदीय हुने, ७ उपाध्यक्ष व्यवस्था

  • मंगलवार, आषाढ १४ २०७९

  • 959
    SHARES

  • बामदेवको पार्टी बहुपदीय हुने, ७ उपाध्यक्ष व्यवस्था
    काठमाडौं । बामदेव गौतम नेतृत्वको नेकपा एकता राष्ट्रिय अभियान पार्टी बहुपदीय हुने भएको छ ।
     
    बामदेव गौतम संयोजक रहने गरी मंगलबार घोषणा भएको पार्टीमा सात जना उपाध्यक्षको व्यवस्था गरिएको छ । पार्टी घोषणा कार्यक्रममा संयोजक गौतमले पार्टी बहुपदीय पद्धतिमा जाने बताउनुभएको छ ।
     
    घोषणा अनुसार एक अध्यक्ष, प्रत्येक प्रदेशमा इन्चार्ज बन्नेगरि ७ जना उपाध्यक्ष र एकजना महासचिव हुनेछन् ।
     
    यस्तै एकजना उपमहासचिव, एक उपमहासचिव र एकजना सचिवको व्यवस्था रहने गौतमले बताउनुभयो । उहाँका अनुसार दैनिक कार्यसञ्चालनका लागि १५ सदस्यीय स्थायी कमिटी हुनेछ ।
     
    पार्टी घोषणासभामा पदाधिकारीको भने उहाँले घोषणा गर्नुभएको छैन । यस्तै गौतम संयोजक रहेको सचिवालय निमार्ण गर्ने र त्यसले अरू दलहरूसँग वार्ताका लागि समन्वय गर्ने उक्त पार्टीले जनाएको छ ।


    मंगलवार, आषाढ १४ २०७९०४:५२:०२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij