Jul 31 2026 | २०८३, श्रावण १५ गते

२०८३, श्रावण १५ गते
  • यो साता चर्चामा :
images

काठमाडौंको फोहोर बञ्चरेडाँडामा लैजान रोक 

काठमाडौंको फोहोर बञ्चरेडाँडामा लैजान रोक 

  • मंगलवार, आषाढ १४ २०७९

  • 892
    SHARES

  • काठमाडौंको फोहोर बञ्चरेडाँडामा लैजान रोक 
    काठमाडौं । सिसडोलदेखि बञ्चरेडाँडासम्म जाने बाटो मर्मतको काम गर्नुपर्ने भएकाले आज र भोलि काठमाडौं उपत्यकाको फोहोर व्यवस्थापन कार्य प्रभावित हुने भएको छ।
     
    नुवाकोटको सिसडोलमा यसअघि थुपारिएको फोहोरको कारण बञ्चरेडाँडासम्म गाडी आउन–जानका लागि समस्या भएकाले आज र भोलि फोहोर लाने काम रोकिएको हो।  
     
    सिसडोलदेखि दुई किलोमिटर पर बञ्चरेडाँडासम्म जान यसअघि थुपारिएको फोहोरको डंगुर पार गर्नुपर्ने बाध्यता छ।  
     
    वर्षाको समय सुरु भएसँगै फोहोर कुहिन थालेको छ। कुहिएको फोहोर माथिबाट आवतजावत गर्दा दुर्घटना हुने खतरा भएकाले कामपा वातावरण विभागले उपत्यकाबाट फोहोर लाने काम बन्द नै गरेर उक्त स्थानमा सफा गर्न लागेको जनाएको छ।
     
    कामपा वातावरण विभाग प्रमुख सरिता राईका अनुसार केही दिनदेखि नियमित परेको वर्षाका कारण समस्या आएको छ। निरन्तर परेको पानीले काठमाडौंदेखि अन्तिम फोहोर व्यवस्थापन स्थल बञ्चरेडाँडासम्म पुग्ने सडकमा समस्या आउँदा नियमित रूपमा सबै फोहोरका गाडी जान सकेका छैनन्।   
     
    सामान्य अवस्थामा प्रतिदिन ३०० सम्म फोहोरका गाडी बञ्चरेडाँडा पुग्ने गरेका थिए। वर्षाका कारण बाटो अवरोध हुँदा अहिले मुस्किलले १०० गाडीले मात्र फोहोर व्यवस्थापन हुँदै आएको छ।
     


    मंगलवार, आषाढ १४ २०७९०५:०१:२०
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij