काठमाडौं । आज देशभर ६३४ जना कोरोना भाइरस संक्रमित थपिएका छन् । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ३१ हजार ११७ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार आजसम्म सक्रिय संक्रमितको संख्या १२ हजार ६२१ जना रहेको छ । जसमा संस्थागत आइसोलेसनमा ८ हजार ७०५ जना रहेका छन् ।
त्यस्तै, होम आइसोलेशनमा ३ हजार ९१६ जना रहेका छन् ।
त्यसैगरी, आज थप १३६ जना संक्रमित निको भएका छन् । योसँगै निको हुनेको संख्या १८ हजार ३५० पुगेको छ ।