Aug 01 2026 | २०८३, श्रावण १६ गते

२०८३, श्रावण १६ गते
  • यो साता चर्चामा :
images

सर्वनाम शिक्षालयका होस्टल वार्डेन पुर्पक्षका लागि थुनामा

सर्वनाम शिक्षालयका होस्टल वार्डेन पुर्पक्षका लागि थुनामा

  • बिहिवार, आषाढ १६ २०७९

  • 607
    SHARES

  • सर्वनाम शिक्षालयका होस्टल वार्डेन पुर्पक्षका लागि थुनामा

    काठमाडौं । काठमाडौं जिल्ला अदालतले बाल यौन दुरुपयोगको अभियोग लागेका गोकर्णेश्वर नगरपालिका–६ शान्ति टोलको सर्वनाम शिक्षालयका शिक्षक तथा होस्टेल वार्डेन रामजी बस्नेतलाई पुर्पक्षका लागि थुनामा पठाएको छ ।

    न्यायाधीश केदारनाथ पौडेलको एकल इजलासले बस्नेतलाई पीडित बालिकाहरूको सर्वोत्तम हित र पीडितबाट सुरक्षित हुन पाउने पीडितको अधिकार समेतलाई दृष्टिगत गरी पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको हो ।

    बस्नेतविरुद्ध सर्वनाम शिक्षालयमा पढ्ने र त्यहीँको होस्टलमा बस्ने ११ वर्ष, १२ वर्ष र १४ वर्षका गरी ३ जना किशोरीले बाल यौन दुरुपयोगको मुद्दामा जाहेरी दिएका थिए । उनीहरूले बस्नेतले माया गरेजस्तो गरी अंगालो हाल्ने, संवेदनशील अङ्गमा छुने, मोबाइलमा अश्लील फिल्म राखिदिने, कसैलाई भनेमा बेइज्जत गरिदिने र स्कुलबाट निकाल्ने धम्की दिएको वयानमा बताएका थिए । तर बस्नेतले आफूमाथि लागेको आरोप अस्वीकार गरेका थिए ।

    तर अदालतले पीडितहरूले घटना विवरणमा उल्लेख गरेको व्यवहार आफ्नो शिक्षकले गरेका हुन् भनी सामान्य समझबाट पनि कल्पना गर्न नसकिने प्रकृतिको भएको उल्लेख गरेको छ । ‘संरक्षक र अभिभावकको रुपमा रहेका शिक्षकबाट यस्तो व्यवहार अपेक्षित हुँदैन’ आदेशमा भनिएको छ ।

    बालयौन दुरुपयोग गर्नेलाई मुलुकी अपराध संहिता २०७४ को दफा २२५ (३) अनुसार ३ वर्ष कैद र ३० हजार जरिवानाको व्यवस्था छ ।

     


    बिहिवार, आषाढ १६ २०७९०५:३३:१२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij