Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

काँग्रेसले बोलायो केन्द्रीय समिति बैठक, यस्ता छन् एजेण्डा 

काँग्रेसले बोलायो केन्द्रीय समिति बैठक, यस्ता छन् एजेण्डा 

  • बिहिवार, आषाढ १६ २०७९

  • 772
    SHARES

  • काँग्रेसले बोलायो केन्द्रीय समिति बैठक, यस्ता छन् एजेण्डा 
    काठमाडौं । नेपाली काँग्रेसले केन्द्रीय कार्यसमितिको बैठक बोलाएको छ ।
     
    काँग्रेस पार्टी कार्यालयका मुख्यसचिव कृष्ण प्रसाद पौडेलले असार २७ गते दिउँसो १ बजेका लागि बैठक बोलाइएको जानकारी दिनुभयो ।  
     
    केन्द्रीय कार्यालय ललितपुरमा बस्ने बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी एवं सदस्यहरूलाई उपस्थितिका लागि अनुरोध गरिएको छ।  
     
    काँग्रेसले उक्त बैठकका लागि दुई एजेण्डा तय गरेको छ । स्थानीय तह निर्वाचन-२०७९ को समीक्षा र विविध गरी दुई एजेण्डा तय गरिएको पौडेलले जानकारी दिनुभयो ।  


    बिहिवार, आषाढ १६ २०७९०५:५६:३६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij