Aug 01 2026 | २०८३, श्रावण १६ गते

२०८३, श्रावण १६ गते
  • यो साता चर्चामा :
images

नेपालले आज क्यानडाको क्लब ओन्टारियोसँग खेल्दै

नेपालले आज क्यानडाको क्लब ओन्टारियोसँग खेल्दै

  • शुक्रवार, आषाढ १७ २०७९

  • 954
    SHARES

  • नेपालले आज क्यानडाको क्लब ओन्टारियोसँग खेल्दै

    काठमाडौं। नेपाली राष्ट्रिय क्रिकेट टोलीले आज शुक्रबार क्यानडाको स्थानीय क्लबसँग अभ्यास खेल खेल्दैछ ।

    घरेलु टोलीसँगको एकदिवसीय सिरिजका लागि क्यानडामा रहेको नेपालले आज ओन्टारियोविरुद्ध अभ्यास खेल खेल्नेछ । खेल नेपाली समयअनुसार राति ८ः४५ बजे सुरु हुनेछ ।

    ओन्टारियो नेपालका पूर्व राष्ट्रिय क्रिकेटर नरेश बुढाऐरको कप्तानीमा मैदान उत्रने छन् । यस पछि नेपालले क्यानडाको राष्ट्रिय टोलीसँग दुई खेलको एकदिवसीय सिरिज खेल्नेछ ।

    नेपाल र क्यानडाबीचको पहिलो एकदिवसीय जुलाई ४ र दोस्रो एकदिवसीय जुलाई ५ मा हुनेछ । त्यसपछि नेपालले स्कटल्याण्डमा विश्वकप लिग टू अन्तर्गतको त्रिकोणात्मक एकदिवसीय सिरिज खेल्नेछ ।

    नेपालले स्कटल्याण्डमा लिग टू अन्तर्गत घरेलु टोली र नामिबियासँग खेल्नेछ । क्यानले क्यानडा र स्कटल्याण्ड भ्रमणका लागि सन्दीप लामिछानेको कप्तानीमा १४ सदस्यीय टोलीको घोषणा गरिसकेको छ ।

     


    शुक्रवार, आषाढ १७ २०७९०७:५१:३२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij