Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

शेखर कोइराला समूहको बैठक आज पनि बस्दै, सरकारका कामबारे समीक्षा हुने

शेखर कोइराला समूहको बैठक आज पनि बस्दै, सरकारका कामबारे समीक्षा हुने

  • शुक्रवार, आषाढ १७ २०७९

  • 751
    SHARES

  • शेखर कोइराला समूहको बैठक आज पनि बस्दै, सरकारका कामबारे समीक्षा हुने
    काठमाडौं ।  नेपाली कांग्रेसका नेता डा. शेखर कोइराला  समूहको बैठक आज पनि बस्दै छ । बत्तीसपुतलीस्थित एक होटेलमा हिजो सुरु भएको बैठक आज दिउँसो २ बजेपछि पुनः बस्न लागेको हो । हिजो नेता शेखर कोइरालाले छलफलका विषयहरू प्रस्तुत गरेपछि नेताहरूले धारणा राख्ने क्रम सुरु भएको छ ।
     
    आज थप केन्द्रीय सदस्यहरू र पदाधिकारीहरूले बोल्ने पालो छ । बैठकमा पार्टीको १४ औँ महाधिवेशनपछिका ६ महिना र पार्टी नेतृत्वको सरकारका काम कारबाहीबारे समीक्षा चलिरहेको छ भने स्थानीय चुनावको परिणाम र आसन्न निर्वाचनमा गठबन्धनको मोडेलबारे छलफल भइरहेको नेता भूपेन्द्र जङ्ग शाहीले जानकारी दिनुभयो ।
     
    बैठकमा हिजो केन्द्रीय सदस्य प्रतिमा गौतम, नेताहरू मनोजमणि आचार्य, प्रतिमा गौतम, सुवास पोखरेल, डिल्ली सुवेदी, युवराज पाण्डे र मुक्तकुमारी यादवलगायतले धारणा राखेका थिए ।
     


    शुक्रवार, आषाढ १७ २०७९०१:४६:४५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij