Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

सत्ता गठबन्धनको बैठक बस्दै, २ प्रदेशका मुख्यमन्त्री फेरिने, यस्ता छन् अन्य एजेण्डा

सत्ता गठबन्धनको बैठक बस्दै, २ प्रदेशका मुख्यमन्त्री फेरिने, यस्ता छन् अन्य एजेण्डा

  • शुक्रवार, आषाढ १७ २०७९

  • 2.7K
    SHARES

  • सत्ता गठबन्धनको बैठक बस्दै, २ प्रदेशका मुख्यमन्त्री फेरिने, यस्ता छन् अन्य एजेण्डा
    काठमाडौं । सत्ता गठबन्धनका दलहरूको बैठक बस्ने भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आज साँझ ५ बजे बैठक बोलाइएको एकीकृत समाजवादीका महासचिव बेदुराम भुसालले जानकारी दिनुभयो । 
     
    भुसालका अनुसार वर्तमान राजनीतिक गतिविधि र चुनावको तयारीका विषयमा छलफल गर्न बैठक बोलाइएको हो । खास गरेर गठबन्धनको दल जनता समाजवादी पार्टीले सरकारमा रहेका केही मन्त्रीहरू फिर्ता बोलाउने प्रस्ताव बैठकमा गर्ने जनाइएको छ ।
     
    जनता समाजवादी पार्टीमा अहिले अध्यक्ष उपेन्द्र यादव र संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराई पक्षधरबीच असमझदारी बढेर पार्टी विभाजनको अवस्थामा पुगेको छ । 
     
    अध्यक्ष यादव र संघीय परिषद् अध्यक्ष भट्टराईले एक–आपसमा छलफल गरेर समझदारीमै ’अलग’ हुने निष्कर्ष निकालिसकेको नेताहरूले जनाएका छन् । भट्टराईले नयाँ पार्टी गठन गर्ने तयारी गरिरहेको सन्दर्भमा जसपाले सरकारमा रहेका आफ्ना केही मन्त्री फिर्ता बोलाउने तयारी गरेको छ । 
     
    गठबन्धनको बैठकमा केही प्रदेशका मुख्यमन्त्री फेर्ने विषयमा पनि छलफल हुने जनाइएको छ । खास गरेर बागमती प्रदेशमा गठबन्धनका दल नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रका सांसदहरूले मुख्यमन्त्रीविरुद्ध हस्ताक्षर संकलन गरेपछि सरकार फेर्ने सम्भावना बढेको छ । 
     
    बागमतीमा नेकपा एकीकृत समाजवादीका राजेन्द्र पाण्डे मुख्यमन्त्री हुनुहुन्छ । एकीकृत समाजवादीले भने बागमती प्रदेश सरकारको मुख्यमन्त्री छाड्नुपरे सुदूरपश्चिम प्रदेश सरकारको नेतृत्व पाउनुपर्ने दाबी गरेको छ । सुदूरपश्चिममा माओवादी केन्द्रका त्रिलोचन भट्ट मुख्यमन्त्री हुनुहुन्छ ।  
     


    शुक्रवार, आषाढ १७ २०७९०२:१९:३६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij