Aug 01 2026 | २०८३, श्रावण १६ गते

२०८३, श्रावण १६ गते
  • यो साता चर्चामा :
images

ओन्टारियोलाई क्यानाडा भ्रमणमा रहेको नेपालले ६९ रनले हरायो

ओन्टारियोलाई क्यानाडा भ्रमणमा रहेको नेपालले ६९ रनले हरायो

  • शनिवार, आषाढ १८ २०७९

  • 489
    SHARES

  • ओन्टारियोलाई क्यानाडा भ्रमणमा रहेको नेपालले ६९ रनले हरायो

    काठमाडौं । क्यानाडा भ्रमणमा रहेको नेपाली क्रिकेट टोलीले अभ्यास खेलमा ओन्टारियो क्रिकेट क्लबलाई पराजित गरेको छ। गएराति राति भएको खेलमा नेपालले ओन्टारियोलाई ६९ रनले हराएको हो।

    नेपालले दिएको २ सय २१ रनको लक्ष्य पछ्याएको ओन्टारियोले ४२ ओभर ५ बलमा अलआउट हुँदै १ सय ५१ रन बनाउन सक्यो। ओन्टारियोका रियाजखान पठानले ३६ रन बनाउँदा कप्तान नरेश बुढाऐरले २९ रन जोडे। यस्तै निकोलस मनोहरले २५ तथा जश शाहले २० रन बनाए।

    नेपालका पवन सरार्फले ३ विकेट लिए। दीपेन्द्रसिंह ऐरी, आरिफ शेख र किशोर महतोले २२ विकेट लिए।

    त्यसअघि पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर २ सय २० रन बनाएको थियो। नेपालका लागि विनोद भण्डारीले ५७ रनको अर्धशतकीय इनिङ खेले।

    यस्तै आसिफ शेखले ४२ रन जोड्दा देव खनालले २७ रन बनाए। बसिर अहमेदले २४ रन जोड्दा दीपेन्द्रसिंह ऐरी र आरिफ शेखले सामान १९ रन जोडे। कुशल भुर्तेलले १३ रन जोडे भने आदील आलम १० रन अविजित रहे ।ओन्टारियोको शील पटेलले ३ विकेट लिए।

    क्यानडासँगको सिरिज अघि नेपालले अभ्यास खेल खेलेको हो। अब नेपालले क्यानडाको राष्ट्रिय टोलीसँग दुई खेलको एकदिवसीय सिरिज खेल्नेछ। नेपाल र क्यानडाबीचको पहिलो एकदिवसीय जुलाई ४ र दोस्रो एकदिवसीय जुलाई ५ मा हुनेछ।

    त्यसपछि नेपालले स्कटल्याण्डमा विश्वकप लिग टू अन्तर्गतको त्रिकोणात्मक एकदिवसीय सिरिज खेल्नेछ।

     


    शनिवार, आषाढ १८ २०७९०९:१६:४९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij