Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

माओवादी केन्द्र निकट अखिल क्रान्तिकारी फुट्यो,  कार्कीको संयोजकत्वमा समानान्तर समिति घोषणा

माओवादी केन्द्र निकट अखिल क्रान्तिकारी फुट्यो,  कार्कीको संयोजकत्वमा समानान्तर समिति घोषणा

  • शनिवार, आषाढ १८ २०७९

  • 989
    SHARES

  • माओवादी केन्द्र निकट अखिल क्रान्तिकारी फुट्यो,  कार्कीको संयोजकत्वमा समानान्तर समिति घोषणा
    काठमाडौं । लामो विवादमा फसेको पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको नेकपा माओवादी केन्द्र निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारी विभाजित भएको छ । अध्यक्ष पञ्चा सिंहले संगठनमा एकलौटी गरेको भन्दै पवन कार्कीको नेतृत्वमा अलग्गै समानान्तर समिति घोषणा भएसँगै अखिल क्रान्तिकारी विभाजित भएको हो । नयाँ समानान्तर समितिका संयोजक कार्की संगठनका उपाध्यक्ष हुनुहुन्छ । 
     
    कार्कीसहित १० जनालाई केही दिन अगाडि मात्रै अखिल क्रान्तिकारीले निलम्बन गरेको थियो । संगठनको विधान र पार्टी नेतृत्वको निर्देशन विपरीत संगठन चलाएको भन्दै कार्कीसहितको पक्षले विरोध गर्दै आएको थियो । 
     
    कार्कीसहितका प्रवीण बस्नेत, सञ्जीव चौधरी, उपदेश यादव, बालकुमार केसी, रमेश खड्का, वसन्त भण्डारी, पदम नेपालीलगायत नेताहरूलाई कारबाही गरिएपछि क्रान्तिकारीको विवाद उत्कर्षमा पुगेको थियो । 
     
    संगठनलाई विधान बमोजिम अघि बढाउनका लागि आफूहरूले १ सय ९९ सदस्यीय आयोजक समिति निर्माण गरेको असन्तुष्ट समूहका उपदेश यादवले बताउनुभयो । उहाँका अनुसार सो आयोजक समितिले संगठनलाई विधान बमोजिम काम कारबाही गराउन र सम्मेलनको तयारी गर्नेछ ।
     
    संगठनको पुनर्गठन र विद्यार्थी आन्दोलनलाई पुनर्जीवन प्रदान गर्न अवैध समितिहरू खारेज गरी विशेष राष्ट्रिय महाधिवेशनमा जानुपर्ने असन्तुष्ट पक्षको माग छ । आज छुट्टै भेला बोलाएर समानान्तर समिति घोषणा गरेका उनीहरूले आफूहरूका पक्षमा देशभरकै नेता/कार्यकर्ताको समर्थन रहेको दाबी गरेका छन् ।


    शनिवार, आषाढ १८ २०७९०१:१५:४५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij