Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

स्वतन्त्र उम्मेदवारको गठबन्धन बनाउने प्रस्तावसहित मिसन १६५ सञ्चालन गर्ने तयारी (पुर्णपाठ)

स्वतन्त्र उम्मेदवारको गठबन्धन बनाउने प्रस्तावसहित मिसन १६५ सञ्चालन गर्ने तयारी (पुर्णपाठ)

  • शनिवार, आषाढ १८ २०७९

  • 1.1K
    SHARES

  • स्वतन्त्र उम्मेदवारको गठबन्धन बनाउने प्रस्तावसहित मिसन १६५ सञ्चालन गर्ने तयारी (पुर्णपाठ)
    काठमाडौं । स्वतन्त्र उम्मेदवारी अभियानले अगामी प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा स्वतन्त्र उम्मेदवारहरूको एउटा गठबन्धन (एलाइन्स) बनाउने प्रस्ताव गरेको छ ।
     
    अभियानका संयोजक डम्बर साहुले शनिबार एक अवधारणापत्र सार्वजनिक गर्दै आगामी पाँच वर्षका लागि खुला तर सङ्गठित दबाब समूहका रुपमा एउटा एलायन्स (गठबन्धन) मार्फत स्वतन्त्र अभियानलाई अघि बढाउने प्रस्ताव  गर्नुभएको हो । 
     
    उहाँले एलाइन्समार्फत प्रतिनिधिसभाका १६५ निर्वाचन क्षेत्रलाई लक्षित गरी मिसन १६५ सञ्चालन गर्ने पनि प्रस्ताव गर्नुभएको छ । 
     
    ‘अहिलेको हकमा सबैले स्वतन्त्र अभियान चलाउन पाउने गरी विषयगत समानता र एकरूपता कायम गर्न स्वतन्त्र उम्मेदवारहरूको एउटा एलाइन्स बनाउने बारेमा ठोस निर्णय गरौँ र सर्वस्वीकार्य व्यक्तिको संयोजकत्वमा यस्तो एलाइन्स घोषणा गरौँ, यो एलाइन्स मार्फत मिसन १६५ सचालन गरौँ’ अवधारणापत्रमा भनिएको छ ।
     
    देशैभरी १६५ संघीय निर्वाचन क्षेत्र र ३३० पदेश निर्वाचन क्षेत्रमा उठ्ने स्वतन्त्र उम्मेदवारहरूलाई समन्वय गर्ने सहजीकरण गर्ने र उनीहरूको भूमिका हेरेर केन्द्रीय एलाइन्समार्फत सघाउने नीति लिनुपर्ने अवधारणापत्रमा उल्लेख गरिएको छ ।
     
    ‘स्वतन्त्र उम्मेदवार बन्नेजति सबैलाई आँखा चिम्लिएर सहयोग गर्न सकिँदैन । तसर्थ भेलाले आगामी चुनावमा कस्ता स्वतन्त्र उम्मेदवारलाई सहयोग गर्ने भन्ने ठोस मापदण्ड बनाउनुपर्छ’ अवधारणापत्रमा संयोजक साहुले भन्नुभएको छ । 
     
    स्वतन्त्र उम्मेदवारी समूहले उम्मेदवारको १३ वटा मापदण्ड पनि बनाएको छ ।
     
    पुर्णपाठ !
     


    शनिवार, आषाढ १८ २०७९०१:३३:०२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij