काठमाडौं । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले पदाधिकारी बैठक बोलाउनुभएको छ ।
देउवाले मंगलबार दिउँसो १ बजे बस्ने गरी पदाधिकारी बैठक बोलाउनुभएको हो । केन्द्रीय कार्यसमिति बैठकका एजेण्डा र पार्टीको आन्तरिक संरचना गठनका सम्बन्धनमा छलफल गर्न देउवाले पदाधिकारी बैठक बोलाएको बालुवाटार स्रोतले जानकारी दिएको छ ।
काँग्रेसले असार २७ गते दिउँसो १ बजे पार्टी कार्यालय सानेपामा केन्द्रीय समिति बैठक बोलाएको छ । स्रोतका अनुसार बैठकमा पछिल्लो समय शेखर कोइराला समूहले देउवामाथि लगाएका पाँच आरोपबारे पनि छलफल हुनेछ ।
शेखर समूह पनि उक्त कुरा लिएर पदाधिकारी बैठकमा जाने तयारीमा छ । कोइराला पक्षीय सहमहामन्त्री जीवन परियारले आफूले उठाएका मुद्दा पदाधिकारी बैठकमा पनि उठाउने बताउनुभयो ।