काठमाडौँ । सुदूरपश्चिम प्रदेशमा थप ३९ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ । सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलीपकुमार श्रेष्ठका अनुसार धनगढीमा आज (शुक्रबार) भएको परीक्षणमा ९ महिला र ३० पुरुष गरी ३९ जनामा कोरोना पुष्टि भएको हो ।
कैलालीको गोदावरी नगरपालिकाका १० जना, डोटीको आर्दश गाउँपालिकाका १० जना, कञ्चनपुरको भीमदत्त नगरपालिकाका ७ जना, बैतडीको मेलौलीका तीन जना, मंगलसेन अछामका दुई जना, चुरे गाउँपालिका कैलालीका दुई जनामा कोरोना पुष्टि भएको सूचना अधिकारी श्रेष्ठले जानकारी दिनुभयो ।
यस्तै, बैतडीको पुर्चौडी नगरपालिका, बझाङको छब्बिस पाथिभेराका, डोटीको शिखर नगरपालिका, केआइसिंह गाउँपालिका र कैलालीको टीकापुरका एकरएक जनामा कोरोना पुष्टि भएको छ ।