Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

मन्त्रिपरिषद् हेरफेर, जसपाका तीन फिर्ता, तीन नियुक्त, यी हुन् नयाँ मन्त्री

मन्त्रिपरिषद् हेरफेर, जसपाका तीन फिर्ता, तीन नियुक्त, यी हुन् नयाँ मन्त्री

  • सोमवार, आषाढ २० २०७९

  • 797
    SHARES

  • मन्त्रिपरिषद् हेरफेर, जसपाका तीन फिर्ता, तीन नियुक्त, यी हुन् नयाँ मन्त्री

    काठमाडौं ।  प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको मन्त्रिपरिषद् हेरफेर भएको छ।

    जसपाबाट पुरानालाई फिर्ता बोलाएर नयाँ पठाइएपछि प्रधानमन्त्री देउवाले मन्त्रिपरिषद् हेरफेर गरेका हुन्। राष्ट्रपति कार्यालयले मन्त्रिपरिषद् हेरफेर भएको सूचना मार्फत जानकारी दिएको छ।
     
    जसपाले भौतिक पूर्वाधार मन्त्रीमा रेनु यादवलाई फिर्ता बोलाएर मोहम्मद इस्तियाक राईलाई पठाएको छ। त्यस्तै कृषि तथा पशुपन्छी विकास मन्त्री महेन्द्र राय यादवलाई फिर्ता बोलाएर मृगेन्द्रकुमार सिंह यादव नियुक्त भएका छन्।
     
    वनमन्त्री रहेका रामसहाय प्रसाद यादवलाई फिर्ता बोलाएर प्रदीप यादवलाई उक्त मन्त्रालयको जिम्मेवारी दिइएको छ। जसपाका अध्यक्ष उपेन्द्र यादवले प्रधानमन्त्रीलाई नयाँ मन्त्रीहरूको सूची बुझाएका थिए। नवनियुक्त मन्त्रीहरूको आजै अपराह्न ४ बजे शपथ हुने बताइएको छ।

    mantriparisdh.jpg2.jpg


    सोमवार, आषाढ २० २०७९१२:५५:२९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij