Aug 01 2026 | २०८३, श्रावण १६ गते

२०८३, श्रावण १६ गते
  • यो साता चर्चामा :
images

नेपाली क्रिकेट टोलीले आज क्यानडासँग पहिलो एकदिवसीय खेल खेल्दै

नेपाली क्रिकेट टोलीले आज क्यानडासँग पहिलो एकदिवसीय खेल खेल्दै

  • मंगलवार, आषाढ २१ २०७९

  • 604
    SHARES

  • नेपाली क्रिकेट टोलीले आज क्यानडासँग पहिलो एकदिवसीय खेल खेल्दै

    काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीले आज क्यानडासँग पहिलो एकदिवसीय खेल खेल्न लागेको छ । पहिलो एकदिवसीय अन्तर्राष्ट्रिय अन्तर्गत नेपालले आज क्यानडासँग खेल्न लागेको हो ।

    क्यानडाको किङ सिटी स्टेडियममा हुने खेल नेपाली समय अनुसार राति ९: ४५ मा सुरु हुनेछ । दुई खेलको एकदिवसीय सिरिजका लागि क्यानडा पुगेको नेपाल पहिलो खेलमा जित निकाल्दै सिरिजमा सुखद सुरुवात गर्न चाहन्छ भने क्यानडा पनि खेलमा जित निकाल्न चाहन्छ । नेपाल र क्यानडाबीचको दोस्रो एकदिवसीय भोलि हुनेछ ।

    विश्वकप लिग टू अन्तर्गत स्कटल्याण्डमा आयोजना हुने त्रिकोणात्मक एकदिवसीय सिरिज अघि नेपालले क्यानडाको भ्रमण गरेको हो । यसअघि नेपाली टोलीले स्थानीय ओन्टारियो क्लबसँग दुई अभ्यास खेल खेलेको थियो ।

    दुबै खेल नेपालले जितेको थियो । क्यानडासँगको सिरिजपछि नेपाली टोली स्कटल्याण्ड प्रस्थान गर्नेछन् । नेपालले स्कटल्याण्डमा हुने लिग टू अन्तर्गतको सिरिजमा घरेलु टोली र नामिबियासँग खेल्नेछ ।


    मंगलवार, आषाढ २१ २०७९०८:४९:२३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij