काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माको बर्खास्तीको माग गर्दै काठमाडौंमा प्रदर्शन भएको छ । प्रदर्शनकारीहरूले काठमाडौंको नयाँ बानेश्वरमा प्रदर्शन गरेका हुन् ।
नेकपा एमाले निकट राष्ट्रिय युवा संघले ‘अर्थमन्त्री राजीनामा दे’, अर्थमन्त्रीलाई बर्खास्त गर’ भन्दै नाराबाजी गरेका छन् । उनीहरूले बजेट निर्माण प्रक्रियाका क्रममा भएको गतिविधिको सीसी टीभी फुटेज सार्वजनिक गर्न माग गरेका छन् ।
अर्थमन्त्री शर्माले बजेट निर्माण प्रक्रियामा अनधिकृत व्यक्तिलाई संलग्न गराएको भन्दै चौतर्फी आलोचना भइरहेको छ ।