Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

जर्नादन शर्मालाई अर्थमन्त्रीबाट हटाइने

जर्नादन शर्मालाई अर्थमन्त्रीबाट हटाइने

  • मंगलवार, आषाढ २१ २०७९

  • 2.2K
    SHARES

  • जर्नादन शर्मालाई अर्थमन्त्रीबाट हटाइने
    काठमाडौं । अर्थमन्त्री जर्नादन शर्मा पदबाट हटाइने भएका छन् । उनी बजेट निर्माणमा करको विषयमा विवादमा परेकाले हटाइने बुझिएको छ ।
     
    आज नेकपा माओवादी केन्द्रको बैठकमा पनि जर्नादनलाई हटाउनुपर्ने माग उठेको छ । सत्ता गठबन्धनको नेपाली काँग्रेसका नेताहरूले पनि उनलाई हटाउन माग गरिरहेका छन् ।
     
    प्रधानमन्त्री शेरबहादुर देउवाले शर्मालाई हटाउनेबारे नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसँग छलफल गरिसकेको बुझिएको छ ।
     
    अर्थमन्त्रालयमा बजेटसँग असम्बन्धित व्यक्ति रातारात छिरेको विषय चर्चामा छ । त्यसको सिसिटिभी गायब बनाइएको विषय चर्चामा छ ।
     


    मंगलवार, आषाढ २१ २०७९०५:१६:५६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij