Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

अन्ततः सरकारले गर्‍यो संसदबाट नागरिकता विधेयक फिर्ता लिने निर्णय

अन्ततः सरकारले गर्‍यो संसदबाट नागरिकता विधेयक फिर्ता लिने निर्णय

  • मंगलवार, आषाढ २१ २०७९

  • 697
    SHARES

  • अन्ततः सरकारले गर्‍यो संसदबाट नागरिकता विधेयक फिर्ता लिने निर्णय
    काठमाडौं । सरकारले नागरिकतासम्बन्धी विधेयक संसदबाट फिर्ता लिएको छ ।
     
    लामो समयदेखि छलफलमा रहेको उक्त विधेयक संसद्बाट फिर्ता लिने निर्णय भएको एक मन्त्रीले जानकारी दिएका छन् ।
     
    सरकारले अध्यादेश ल्याउनका लागि संसद्मा रहेको नागरिकता सम्बन्धी विधेयक फिर्ता लिएको हुनसक्ने अनुमान गरिएको छ ।
     
    सरकारले २०७५ सालमा पेस गरेको नागरिकता विधेयक प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिमा छलफल भई पारित भइसकेको छ ।
     
    अहिले विधेयक प्रतिनिधिसभा पेस भएको छ ।
     
    उक्त विधेयकमा नेपाली पुरुषसँग विवाह गरेर आउने विदेशी महिलालाई तत्कालै नागरिकता दिने वा ७ वर्षपछि दिने भन्ने विषयमा विवाद कायम छ ।


    मंगलवार, आषाढ २१ २०७९०६:३२:३१
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij