काठमाडौं । आज बिहान ११ बजेका लागि बोलाइएको प्रतिनिधिसभा बैठक झण्डै २ घण्टा बित्दा समेत सुरु हुन सकेको छैन । बजेट निर्माणका सवालमा प्रमुख प्रतिपक्षले प्रश्न उठाएपछि अर्थमन्त्री शर्माले आज बस्ने संसद् बैठकमा आफ्नो धारणा राख्ने तयारी छ ।
तर प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले अर्थमन्त्री जनार्दन शर्मालाई रोष्ट्रममा बोल्न नदिने जनाएको छ । त्यसअघि माओवादीले एमालेसँग वार्ता गर्ने प्रयास भएपनि वार्ता हुन नसकेको बुझिएको छ ।
बजेटमा करका दर हेरफेर गर्ने क्रममा जेठ १४ गते अर्थमन्त्री शर्माले अनधिकृत व्यक्ति संलग्न गराएको आरोप लागेको छ । त्यतिबेलाको सीसीटीभी फुटेज पनि डिलिट गरिएको अर्थ मन्त्रालयले नै सूचना दिएपछि उक्त विवाद बढेको छ । बजेट भने संघीय संसद्ले पारित गरिसकेको छ ।