काठमाडौं । नेकपा माओवादी केन्द्रको केन्द्रीय समितिको बैठक बुधबार(आज) पनि नबस्ने भएको छ । आज १ बजेका लागि निर्धारित बैठक भोलि ११ बजे बस्ने गरी सारिएको अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको सचिवालयले जनाएको छ ।
प्रचण्डको प्रतिवेदनमाथि केन्द्रीय सदस्यहरूले धारणा राखेपछि हिजो प्रचण्डले जवाफ दिने कार्यक्रम थियो । तर हिजो पदाधिकारी, स्थायी समिति, पोलिट्व्यूरो समितिलगायत पार्टी संरचनाको विषयमा छलफल गर्न बैठक स्थगित गरिएको थियो ।