Aug 01 2026 | २०८३, श्रावण १६ गते

२०८३, श्रावण १६ गते
  • यो साता चर्चामा :
images

टी-२० विश्वकपको ट्रफी नेपाल ल्याइँदै 

टी-२० विश्वकपको ट्रफी नेपाल ल्याइँदै 

  • शुक्रवार, आषाढ २४ २०७९

  • 688
    SHARES

  • टी-२० विश्वकपको ट्रफी नेपाल ल्याइँदै 
    काठमाडौं । टी-२० विश्वकप क्रिकेटको ट्रफी पहिलो पटक नेपाल ल्याइने भएको छ । अक्टोबर १६ बाट अस्ट्रेलियामा सुरु हुने टी–२० विश्वकपको ट्रफी टुरको क्रममा काठमाडौं ल्याइने भएको हो ।
     
    अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी)का अनुसार ट्रफी टुर आज (शुक्रबार)बाट सुरु भएको छ ।
     
    विश्वकप सुरु हुनुभन्दा १०० दिन अघिबाट ट्रफीलाई विश्वको विभिन्न सहरहरूमा पुर्‍याउने यात्रा सुरु भएको हो । जसलाई ३० अगस्टमा काठमाडौं ल्याइने आइसिसीले जनाएको छ ।
     
    ट्रफी नेपालको कुन कुन ठाउँमा पुर्‍याइने भन्ने बारे खुलाइएको छैन । ट्रफी टुर विभिन्न १३ देशका ३५ सहरमा गरिनेछ ।
     
    नेपालसहित, फिजी, फिनल्यान्ड, जर्मनी, घाना, इन्डोनेसिया, जापान, नामिबिया, सिंगापुर र भानुआतुमा पहिलो पटक टी-२० विश्वकपको ट्रफी पुग्न लागेको हो । यस अघि २०१९ मा भएको एकदिवसीय विश्वकप क्रिकेटको ट्रफी नेपाल ल्याइएको थियो ।


    शुक्रवार, आषाढ २४ २०७९०१:३८:०१
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij