Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

यौन हिंसामा परेकालाई राज्य कोषबाट क्षतिपूर्ति दिइने

यौन हिंसामा परेकालाई राज्य कोषबाट क्षतिपूर्ति दिइने

  • शुक्रवार, आषाढ २४ २०७९

  • 567
    SHARES

  • यौन हिंसामा परेकालाई राज्य कोषबाट क्षतिपूर्ति दिइने
    काठमाडौं ।  संसद्को कानुन न्याय तथा मानवअधिकार समितिले यौन हिंसामा परेकाहरूलाई राज्य कोषबाट क्षतिपूर्ति दिलाउने निर्णय गरेको छ ।
     
    समितिले यौन हिंसा विरुद्धका केही ऐन संशोधन गर्न बनेको विधेयकमा हिंसा पीडितलाई राज्य कोषबाट क्षतिपूर्ति दिलाउने व्यवस्था गरेको हो ।
     
    समितिले विधेयकमा जुटाएको सहमति अनुसार अब यौन हिंसाका पीडकलाई गरिएको जरिवाना राज्यकोषमा जम्मा हुने छ ।
     
    प्रचलित व्यवस्था अनुसार पीडितलाई पीडकबाट नै क्षतिपूर्ति दिलाउने व्यवस्था थियो ।
     
    यो व्यवस्थाका कारण पीडकले ‘मैले दिएको पैसा खाएर बसेको छ-छे’  भनेको सुनिएको र यसले पीडितलाई थप पीडा हुने र अपहेलित महसुस हुने भन्दै सांसदहरूले यसमा पीडितलाई राज्य कोषबाट क्षतिपूर्ति दिलाउनु पर्ने प्रस्ताव गरेका थिए ।
     


    शुक्रवार, आषाढ २४ २०७९०१:४३:२७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij