काठमाडौं । बाजुराको बुढीगंगा नगरपालिकामा मतगणना सुरु गरिएको छ।
बिहीबार यहाँ स्थानीय चुनाव गरिएको थियो।
वैशाख ३० मा गरिएको चुनावमा ‘बुथ कब्जा’ भएपछि त्यहाँ पुनः निर्वाचन गरिएको थियो।
प्रमुख जिल्ला अधिकारी प्रकाशचन्द्र अधिकारीले मत गणना सुरु गरिएको बताउनुभएको छ । दुई टोली बनाएर मतगणना सुरु गरिएको उहाँले जानकारी दिनुभयो ।
वडा नम्बर १ र १० को मतगणना सुरु गरिएको छ।
नेपाली कांग्रेसबाट रंगबहादुर खाती र एमालेबाट रामबहादुर बानियाँ मेयर पदका लागि उम्मेदवार छन्।
उपमेयरमा कांग्रेसबाट रिता शाही शाह र एमालेबाट मायाकुमारी खड्का कुँवर उम्मेदवार छन्।