Jul 30 2026 | २०८३, श्रावण १४ गते

२०८३, श्रावण १४ गते
  • यो साता चर्चामा :
images

१५२ जना कर्मचारी माग गर्दै कृषि विकास बैंकद्वारा दरखास्त आह्वान 

१५२ जना कर्मचारी माग गर्दै कृषि विकास बैंकद्वारा दरखास्त आह्वान 

  • शुक्रवार, आषाढ २४ २०७९

  • 672
    SHARES

  • १५२ जना कर्मचारी माग गर्दै कृषि विकास बैंकद्वारा दरखास्त आह्वान 
    काठमाडौं । कृषि विकास बैङ्क लिमिटेडले विभिन्न पदमा १५२ जना माग गर्दै दरखास्त आह्वान गरेको छ।
     
    आज सूचना निकालेर बैङ्कले अनलाइन दरखास्त आह्वान गरेको हो।
     
    शाखा प्रमुख ५ जना, व्यवसाय अधिकृत ४७ जना, कम्प्युटर अधिकृत १७ जना, इन्जिनियर सभिलतर्फ ३ जना, कर्जा अधिकृत १२ जना, व्यवसाय सहायक २३ जना, कानून सहायक ३ जना, ऋण सहायक ५ जना र लेखापाल ३४ जना गरी कूल १५२ जनाको माग भएको छ।
     
    बैङ्कले लोक सेवाबाट स्वीकृत लिएर दरखास्त आह्वान गरेको हो। खुला तथा समावेशी प्रतियोगिताबाट रिक्त पदमा पदपूर्ति गर्न दरखास्त आह्वान भएको छ।
     
    इच्छुकले अनलाइनबाटै फारम भर्न सक्नेछन्।


    शुक्रवार, आषाढ २४ २०७९०२:२३:०५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij