Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

जापानका पूर्वप्रधानमन्त्री शिन्जो आबेको निधन

जापानका पूर्वप्रधानमन्त्री शिन्जो आबेको निधन

  • शुक्रवार, आषाढ २४ २०७९

  • 828
    SHARES

  • जापानका पूर्वप्रधानमन्त्री शिन्जो आबेको निधन
    काठमाडौं । जापानका पूर्वप्रधानमन्त्री शिन्जो आबेको निधन भएको छ ।
     
    चुनावी अभियान अन्तर्गत आज बिहान नारा सहरको सडकमा आयोजना गरिएको कार्यक्रमलाई सम्बोधन गरिरहेको बेला ६७ वर्षका आबेमाथि गोली प्रहार भएको थियो ।
     
    गोली लागेपछि भुईँमा लडेका उनलाई तत्कालै नारा युनिभर्सिटीको अस्पताल लगिएको थियो । गोली लागेपछि  बेहोस भएका उनको उपचारकै क्रममा मृत्यु भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् ।
     
    आबेले सन् २०२० मा प्रधानमन्त्री पद छाडेका थिए । यद्यपि सत्ताधारी लिबरल डेमोक्रेटिक पार्टीमा उनी अझै पनि प्रभावशाली नेताको रुपमा रहेका छन् ।
     
    यही जुलाई १० तारिखमा हुने माथिल्लो सदनको चुनावी अभियान अन्तर्गत उनले भाषण गरिरहेको बेला गोली प्रहार भएको थियो । गोली लागेपछि उनी भुईँमा लडेका थिए ।
     
    उनलाई तत्कालै हेलिकप्टरमार्फत् उपचारका लागि अस्पताल लगिएको थियो ।


    शुक्रवार, आषाढ २४ २०७९०३:००:२१
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij