Jul 30 2026 | २०८३, श्रावण १४ गते

२०८३, श्रावण १४ गते
  • यो साता चर्चामा :
images

१४ वर्षीया बालिकामाथि सामूहिक बलात्कार, दुई जना पक्राउ

१४ वर्षीया बालिकामाथि सामूहिक बलात्कार, दुई जना पक्राउ

  • शुक्रवार, आषाढ २४ २०७९

  • 549
    SHARES

  • १४ वर्षीया बालिकामाथि सामूहिक बलात्कार, दुई जना पक्राउ
    काठमाडौं। सल्यानमा एक १४ वर्षिया बालिकामाथि सामूहिक बलात्कार भएको छ । कुमाख गाउँपालिका(१ की १४ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा जाजरकोटका दुई जनालाई प्रहरीले पक्राउ गरेको हो ।
     
    पक्राउ पर्नेमा जाजरकोटको भेरी नगरपालिका १२ का २२ वर्षीय रमेश भण्डारी र २० वर्षीय डिल्ली बस्नेत रहेको जिल्ला प्रहरी कार्यालय सल्यानका नायव उपरीक्षक सुमति खड्काले बताउनुभयो । उहाँका अनुसार असार २२ गते बुधबार राती ११ बजेको बालिकामाथि दुई जनाले जबरजस्ती करणी गरेर फरार भएका थिए ।
     
    बालिका आफ्नो घर नजिकै रहेको आफ्नो ठुलीआमाको घरमा सुत्न गएकी थिइन् । बालिका सुतेको अवस्थामा कोठामा गएर दुई जनाले जबरजस्ती करणी गरेका थिए ।
     
    घटना लगतै बालिकाले हारगुहार गरेपछि परिवारले राति नै प्रहरीलाई खबर गरेका थिए ।
     
    घटनास्थल सल्यान र जाजरकोटको सिमनामा भएकाले ओरोपीत दुई जना भागेर जाजारकोट पुगेको डिएसपी खड्काले बताउनुभयो । आरोपित दुई जनालाई जाजरकोट स्थित घरबाटै पक्राउ गरिएको हो ।


    शुक्रवार, आषाढ २४ २०७९०३:४४:०४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij