Jul 29 2026 | २०८३, श्रावण १३ गते

२०८३, श्रावण १३ गते
  • यो साता चर्चामा :
images

बुढीगंगा अपडेट : वडा नम्बर ८ बाट कांग्रेसले खोल्यो खाता, ३ मा एमाले विजयी 

बुढीगंगा अपडेट : वडा नम्बर ८ बाट कांग्रेसले खोल्यो खाता, ३ मा एमाले विजयी 

  • शनिवार, आषाढ २५ २०७९

  • 1.6K
    SHARES

  • बुढीगंगा अपडेट : वडा नम्बर ८ बाट कांग्रेसले खोल्यो खाता, ३ मा एमाले विजयी 
    काठमाडौं । बाजुराको बुढीगंगामा थप दुई वटा वडाको मत अन्तिम मत परिणाम सार्वजनिक भएको छ । वडा नम्बर ३ मा एमाले र ८ मा कांग्रेस उम्मेदवार विजयी भएका छन् । कांग्रेस उम्मेदवार खडक बहादुर अधिकारी ८५ मतले विजयी हुनुभएको छ । 

    अधिकारीले ३५९ मत पाएर विजयी हुँदा एमाले अध्यक्षका उम्मेदवार जमिन रावलले ३०१ मत मात्रै पाउनुभएको थियो । वडा नम्बर ८ मार्फत त्यहाँ कांग्रेसले खाता खोलेको छ ।

    त्यस्तै वडा नम्बर ३ मा वडा नम्बर ८ मा एमालेका बिराज रावल र कांग्रेसका रमेश बहादुर रावल उम्मेदवार छन् ।

    त्यहाँ एमालेका उम्मेदवार विजयी भएका छन् । उहाँले ५२८ मत पाउँदा कांग्रेस उम्मेदवारले २१८ मत पाउनुभएको थियो । त्यहाँ एमाले उम्मेदवार रावल ३१० मतान्तर सहित विजयी हुनुभएको छ । 

    अहिले सम्म एमालेले पाँच र कांग्रेसले एक वडा जितेको छ ।


    शनिवार, आषाढ २५ २०७९०६:४२:१३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij