Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

त्रिविको प्रश्नपत्र हुबहु प्रकरणको छानबिन गर्न नेविसंघको माग

त्रिविको प्रश्नपत्र हुबहु प्रकरणको छानबिन गर्न नेविसंघको माग

  • आइतवार, आषाढ २६ २०७९

  • 616
    SHARES

  • त्रिविको प्रश्नपत्र हुबहु प्रकरणको छानबिन गर्न नेविसंघको माग

    काठमाडौं । त्रिभुवन विश्वविद्यालयको विभिन्न विषयको परीक्षामा प्रश्नपत्र हुबहु दोहोरिएको विषय छानबिन गर्न नेपाल विद्यार्थी संघ (नेविसंघ)ले माग गरेको छ ।

    नेविसंघका अध्यक्ष दुजाङ शेर्पाले आइतबार(आज) प्रेस विज्ञप्ति जारी गर्दै पटक पटक प्रश्नपत्र हुबहु दोहोरिँदा परीक्षाको विश्वसनीयता र वैधानिकतामाथि प्रश्न उठेको भन्दै छानबिन गर्न माग गर्नुभएको हो ।

    निजी कलेजका  प्रश्न पत्रसँग हुबहु हुनुले विश्वविद्यालयको लापरबाही, गैर जिम्मेवारी मात्रै नभई शंकास्पद व्यवहार देखिएको नेविसंघको ठहर छ ।
    असार २२ गते मात्रै बीबीए छैटौं सेमेस्टरको ‘एमजीटी २०३: अर्गनाइजेसन बिहाभियर’को प्रश्नपत्र मोर्डन कलेजको ‘प्रिबोर्ड’ परीक्षाको प्रश्नसँग हुबहु मिलेको थियो ।

    हिजो मात्रै त्रिविको बीबीए छैटौँ सेमेस्टरको ‘नेप्लिज सोसाइटी एण्ड पोलिटिक्स’ विषयको प्रश्नपत्र पाँचौं सेमेस्टरको सोसीयोलोजीको प्रश्न पत्रसँग मिलेको थियो ।

    यस्ता लापरबाही र शंकास्पद कार्यको छानबिन गरी दोषीलाई कारबाही नगरिए विश्वविद्यालयविरुद्ध आन्दोलन गर्ने चेतावनीसमेत दिएको छ ।

    यसअघि पनि जेठमा एमए तेस्रो सेमेस्टरको ‘पब्लिक इकोनोमिक्स’ र प्रथम सेमेस्टरको ‘इन्टरनेसनल पोलिटिक्स’ विषयको प्रश्नपत्र हुबहु दोहोरिएका थिए ।

    ‘उक्त घटनाको छानबिन गर्न गठित  छानबिन समितिद्वारा तयार पारिएको प्रतिवेदन आजसम्म सार्वजनिक नगर्नु, दोषीलाई उम्काउने चलखेल गर्नु, पटक पटक परीक्षा प्रणालीको विश्वसनीयतामाथि प्रहार गरिरहनु, बिचौलिया र निजी कलेजसँग साँठगाँठ गरिरहनु, आदि घटनाले विश्वविद्यालयका पदाधिकारी तथा जिम्मेवार निकायहरू पतित  भएको पुष्टि भैसकेको छ,’ नेविसंघले निकालेको विज्ञप्तिमा उल्लेख छ ।

    bigyapti nebisangh.jpg


    आइतवार, आषाढ २६ २०७९१२:२४:००
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij