Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

भारतमा २४ घण्टामा १८ हजारभन्दा बढीमा कोरोना पुष्टि

भारतमा २४ घण्टामा १८ हजारभन्दा बढीमा कोरोना पुष्टि

  • आइतवार, आषाढ २६ २०७९

  • 756
    SHARES

  • भारतमा २४ घण्टामा १८ हजारभन्दा बढीमा कोरोना पुष्टि
    एजेन्सी । भारतमा पछिल्लो २४ घण्टाको समयावधिमा १८ हजार २५७ कोरोना संंक्रमित थपिएका छन् । हाल भारतमा १ लाख २८ हजार ६९० सक्रिय संक्रमित रहेका छन् । यो कुल संक्रमितको ०.३० प्रतिशत हो ।  करिब ४ महिनापछि १० दिनयता सक्रिय संक्रमितको संख्या १ लाखभन्दा बढी भएको छ ।
     
    हाल भारतमा कोरोनाका कुल संक्रमितको संख्या ४ करोड ३६ लाख भन्दा बढी पुगेको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले आइतबार(आज) जानकारी दिएको छ ।  पछिल्लो एक दिनमा १४ हजार ५५३ कोरोना भाइरसबाट संक्रमणमुक्त भएका छन् । योसँगै भारतमा अहिलेसम्म संक्रमणमुक्त भएकाको कुल संख्या ४ करोड २९ लाख ६८ हजार ५३३ पुगेको छ । कोरोना भाइरस निको हुने यो दर ९८.५० प्रतिशत रहेको छ ।   
     
    २४ घण्टाको समयावधिमा कोरोना संक्रमणमा ४२ को मृत्यु भएको छ । कोरोना सुरु भएबाट हालसम्म यस महामारीको कारण ५लाख २५ हजार ४२८ को मृत्यु भएको छ ।
     
    २४ घण्टाको सो अवधिमा ४ लाख ३२ हजार ७७७ कोरोना परीक्षण भएको जनाइएको छ । यहाँ कोरोना संक्रमण सुरु भएबाट हालसम्म ८६ करोड ६६ लाख भन्दा बढीको कोरोना भाइरस परीक्षण भएको बताइएको छ ।  २४ घण्टाको समयावधिमा १० लाख २१ हजार १६४ डोज कोरोनाविरुद्धको खोप लगाइएको सो मन्त्रालयले आज जानकारी दिएको छ ।
     
    भारतमा सन् २०२१ को जनवरी १६ बाट कोरोना भाइरसविरुद्ध खोप अभियान सुरु भएको थियो । सो समयदेखि हालसम्म कोरोनाविरुद्ध १ अर्ब ९८ करोड ७६ लाख ५९ हजार २९९ डोज खोप लगाइएको छ । 


    आइतवार, आषाढ २६ २०७९०२:१८:०९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij