Jul 30 2026 | २०८३, श्रावण १४ गते

२०८३, श्रावण १४ गते
  • यो साता चर्चामा :
images

नेपाल प्रहरीमा एसपीको ३६ दरबन्दी रिक्त, आकांक्षी धेरै हुँदा सुरु भयो रस्साकस्सी

नेपाल प्रहरीमा एसपीको ३६ दरबन्दी रिक्त, आकांक्षी धेरै हुँदा सुरु भयो रस्साकस्सी

  • आइतवार, आषाढ २६ २०७९

  • 856
    SHARES

  • नेपाल प्रहरीमा एसपीको ३६ दरबन्दी रिक्त, आकांक्षी धेरै हुँदा सुरु भयो रस्साकस्सी
    काठमाडौं । नेपाल प्रहरीमा शनिबार ३२ जना प्रहरी उपरीक्षक (एसपी) लाई वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) मा बढुवा सिफारिस गरिएको छ । योसँगै रिक्त हुने एसपीमा बढुवाका लागि प्रहरी नायब उपरीक्षक (डिएसपी)हरूबिच रस्साकस्सी देखिएको छ ।
     
    सिफारिस भएका ३२ जनाले बढुवा पाएपछि ३६ जना एसपीको दरबन्दी रिक्त हुनेछ । ती दरबन्दीमा बढुवा हुन चाहने बलिया आकांक्षीहरुको संख्या ५६ रहेको छ ।
     
    २०५८ सालमा सेवा सुरु गरेर बढुवा हुन बाँकी रहेका डिएसपीको संख्या २४ जना रहेको छ । उनीहरूमध्ये तीन फरक मिति अर्थात् २०६९, २०७० र २०७१ सालमा डिएसपी बनेका थिए ।
     
    २०६१ सालमा प्रहरी निरीक्षकमा नाम निकालेका मध्येबाट पहिलो लटमा ३८ जना २०७१ फागुनमा डिएसपी बनेका थिए । ती ३८ जनामध्ये विभिन्न कारणले ६ जना अहिले सेवामा छैनन् । उक्त भर्ना ब्याचबाट दोस्रो लटमा २०७२ साउनमा डिएसपी बनेका थिए ।
     
    अघिल्लो भर्ना ब्याचबाट छुटेका र २०६१ सालको भर्ना ब्याचबाट पहिलो लटमा डिएसपी बनेका नै अहिले बलिया आकांक्षीहरु रहेका छन् । प्रहरी नियमावलीमा भने बहालवाला दर्जामा कम्तीमा ४ वर्ष काम गरेपछि बढुवाको उम्मेदवार बन्न सक्ने व्यवस्था रहेको छ ।
     
    असार मसान्तसम्म बढुवा गरिसक्नुपर्ने भएकाले प्रहरी प्रधान कार्यालयले धमाधम बढुवा सिफारिस निकालिरहेको छ । १७ जना डीआईजीको रिक्त दरबन्दी बढुवाद्वारा पूर्ति गरेपछि एसएसपीको बढुवा सिफारिस भइसकेको छ ।
     


    आइतवार, आषाढ २६ २०७९०४:२८:३९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij