काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठ प्रकाशले देश ढिलो वा चाँडो एउटा वा अर्को रुपमा श्रीलंकाकै स्थितिमा पुग्ने चेतावनी दिनुभएको छ ।
देशलाई श्रीलंकाको स्थितिमा पुग्नबाट बचाउनका लागि उहाँले समयमै यथास्थिति तोड्ने सकारात्मक धक्कायुक्त हस्तक्षेपको निम्ति सामूहिक एवं सङ्गठित प्रयत्न गर्न आह्वान गर्नुभएको छ ।
‘हामी अहिले नै श्रीलंकाको अवस्थामा पुगिसकेका छैनौं, यो सही नै हो’, सामाजिक सञ्जालमा उहाँले लेख्नुभएको छ ।, ‘तर तितो र नाङ्गो सत्य यो पनि हो कि निष्ठा, विचार-सिद्धान्त एवं मूल्यविहीन भ्रष्ट–स्वार्थी राजनीतिको बोलवाला, कुशासन ,भ्रष्टाचार, अपारदर्शिता, आसेपासे एवं दलालीकृत सत्ता,समस्या समाधानप्रतिको गैर जिम्मेवार प्रवृत्ति र तदर्थवादले ढिलो वा चाँडो,एउटा वा अर्को रुपमा पुर्याउने त्यतै हो ।’