Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

लिउको भ्रमण कम्युनिष्ट एकताका लागि पावरफुल डेलिगेसन हो : विश्लेषक पुरञ्जन आचार्य (खास खबर)

लिउको भ्रमण कम्युनिष्ट एकताका लागि पावरफुल डेलिगेसन हो : विश्लेषक पुरञ्जन आचार्य (खास खबर)

  • सोमवार, आषाढ २७ २०७९

  • 978
    SHARES

  • लिउको भ्रमण कम्युनिष्ट एकताका लागि पावरफुल डेलिगेसन हो : विश्लेषक  पुरञ्जन आचार्य (खास खबर)
    काठमाडौं । चिनियाँ कम्युनिस्ट पार्टीका विदेश विभाग प्रमुख लिउ जियानचाओ अहिले नेपाल भ्रमणमा हुनुहुन्छ । 
     
    बेला बेला चिनियाँ कम्युनिष्ट पार्टीका उच्च स्तरका नेताहरूले नेपाल भ्रमण गर्ने गरेका छन् । ती नेताहरू नेपाल भ्रमणमा आउने क्रममा कम्युनिस्टलाई सहकार्य गराउने रणनीति बोकेर आएका हुन्छन् भन्ने विभिन्न तह र तप्काबाट आशङ्काहरू उब्जिएका हुन्छन् । अहिले पनि लिउको भ्रमण वाम एकता  र चुनावी तालमेलको सन्देश त होइन भन्नेबारे धेरैले अनुमान गरेका छन् । 
     
    प्रधानमन्त्री शेरबहादुर देउवा र परराष्ट्रमन्त्री डा नारायण खड्कासँग हिजो भेटवार्ता गर्नुभएका चिनियाँ कम्युनिस्ट पार्टीका विदेश विभाग प्रमुख लिउले आज माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई उहाँकै निवास खुमलटारमा गएर भेट्नु भएको छ ।
     
    भेटमा चिनियाँ कम्युनिष्ट पार्टी र माओवादी केन्द्रको अन्तर्राष्ट्रिय सम्बन्धका विषयमा कुराकानी भएको नेता देव गुरुङले जानकारी दिनुभयो ।
     
    यता नेकपा एमालेका नेता विष्णु रिजालले नेपालका कम्युनिस्टहरू अब एक हुने, सहकार्य गर्ने कुनै सम्भावना नरहेको बताउनहुन्छ । 
     
    लिउको नेपाल भ्रमणको विषयलाई लिएर राष्ट्रिय प्रजातन्त्र पार्टीका पूर्वअध्यक्ष डा. प्रकाशचन्द्र लोहनीले लिउ कम्युनिस्टलाई मिलाउने भन्दा पनि आफ्नो सिमानाको संवेदनशीलता नेपालका दलहरूले कति बुझेका छन् भनेर आँकलन गर्न आएको हुनसक्ने बताउनुहुन्छ ।
     
    वरिष्ठ राजनीतिक विश्लेषक पुरञ्जन आचार्यले चिनले नेपालसँग विशेष सम्बन्ध राख्न चाहेको र यो राजनीतिक भ्रमण नेपालमा कम्युनिष्ट एकताका लागि पावरफुल डेलिगेसन भएको दाबी गर्नुहुन्छ ।
     
    चिनियाँ कम्युनिस्ट पार्टीका विदेश विभाग प्रमुख लिउले राष्ट्रपति विद्यादेवी भण्डारी, एमालेका अध्यक्ष केपी शर्मा ओली,  एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र नेता झलनाथ खनालसँग पनि भेटवार्ता गर्ने कार्यक्रम रहेको छ ।
     
    गत महिना मात्रै चिनियाँ कम्युनिष्ट पार्टीको विदेश विभाग प्रमुख बन्नुभएका लिउले त्यसलगत्तै माओवादी अध्यक्ष प्रचण्ड र एमाले अध्यक्ष ओलीसँग छुट्टाछुट्टै भिडियो वार्ता पनि गर्नुभएको थियो । हिजो नेपाल आउनु भएका लिउ बुधवार स्वदेश फर्किने कार्यक्रम रहेको छ ।
     


    सोमवार, आषाढ २७ २०७९०८:३५:०८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij