Aug 01 2026 | २०८३, श्रावण १६ गते

२०८३, श्रावण १६ गते
  • यो साता चर्चामा :
images

फेरि बढ्यो सार्वजनिक यातायातको भाडा, कुन रुटमा कति ?

फेरि बढ्यो सार्वजनिक यातायातको भाडा, कुन रुटमा कति ?

  • मंगलवार, आषाढ २८ २०७९

  • 826
    SHARES

  • फेरि बढ्यो सार्वजनिक यातायातको भाडा, कुन रुटमा कति ?
    काठमाडौं । सरकारले सार्वजनिक यातायात तथा मालवाहक सवारीसाधनको भाडा बढाएको छ। इन्धनको मूल्यवृद्धिसँगै भाडादर बढाइएको यातायात व्यवस्था विभागले जनाएको छ। 
     
    दुई वा दुईभन्दा बढी प्रदेश भई राष्ट्रियस्तरका रुटमा सञ्चालन हुने सार्वजनिक यातायातको भाडादर स्वचालित प्रणालीबमोजिम समायोजन गरिएको विभागको भनाइ छ। यात्रुवाहक सवारीसाधनमा १.७९ प्रतिशत भाडा बढाइएको हो।
     
    पहाडी बाटोमा सञ्चालन हुने मालवाहक सवारी साधनमा २.३४ प्रतिशत र तराईको बाटोमा सञ्चालन हुने मालवाहक सवारी साधनमा २.६ प्रतिशतले भाडा बढाइएको विभागले जारी गरेको सूचनामा उल्लेख छ।
     
    यसअघि यातायात विभागले गत चैत १२ गते यातायातको भाडा बढाएको थियो। पछि इन्धनको मूल्य घटेपछि असार १२ गते यातायातको भाडा घटाइएको थियो। तर, असार २० गते इन्धनको मूल्य बढेपछि भाडा वृद्धि गरिएको हो।

    हेर्नुहोस् बढेको भाडादर :


    मंगलवार, आषाढ २८ २०७९११:२४:५३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij