Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

चितवनका मुद्दा बोकेर प्रचण्डसहित मेयर रेणु बालुवाटारमा, रोकिएका काम तुरुन्तै अघि बढाउन प्रधानमन्त्रीको  निर्देशन

चितवनका मुद्दा बोकेर प्रचण्डसहित मेयर रेणु बालुवाटारमा, रोकिएका काम तुरुन्तै अघि बढाउन प्रधानमन्त्रीको  निर्देशन

  • मंगलवार, आषाढ २८ २०७९

  • 1.4K
    SHARES

  • चितवनका मुद्दा बोकेर प्रचण्डसहित मेयर रेणु बालुवाटारमा, रोकिएका काम तुरुन्तै अघि बढाउन प्रधानमन्त्रीको  निर्देशन
    काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले भरतपुर विमानस्थल विस्तार, गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला, माडी जंगल क्षेत्रको हुलाकी सडकको स्तरोन्नति, माडी क्षेत्रमा भूमिगत विद्युतीकरणलगायतका काम तत्काल अघि बढाउन निर्देशन दिनुभएको छ।
     
    मंगलबार(आज) माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, प्रधानसेनापति प्रभुराम शर्मा, मुख्यसचिव शंकरदास वैरागी, भरतपुर महानगरपालिका प्रमुख रेणु दाहाल लगायतसँग भेटवार्तापछि प्रधानमन्त्री देउवाले रोकिएका सबै काम तुरुन्तै अघि बढाउन निर्देशन दिनुभएको हो। 
    अघिल्लो सरकारको पालादेखि नै चितवनमा रहेका यी विकासका काम रोकिएका थिए। भरतपुर विमानस्थलको विस्तार, अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको निर्माण, माडी क्षेत्रको भूमिगत विद्युतीकरण र माडी जंगल क्षेत्रको हुलाकी सडकको स्तरोन्नतिलगायतका विषयमा प्रधानमन्त्रीसँग छलफल भएको मेयर दाहालले बताउनुभएको छ।
     


    मंगलवार, आषाढ २८ २०७९१२:३४:०४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij