Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

सल्लाहमा अर्को बैठक राखेर हिम्मतसाथ फेस गर्न उपेन्द्रलाई बाबुरामको चुनौती 

सल्लाहमा अर्को बैठक राखेर हिम्मतसाथ फेस गर्न उपेन्द्रलाई बाबुरामको चुनौती 

  • मंगलवार, आषाढ २८ २०७९

  • 862
    SHARES

  • सल्लाहमा अर्को बैठक राखेर हिम्मतसाथ फेस गर्न उपेन्द्रलाई बाबुरामको चुनौती 
    काठमाडौं । जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा.बाबुराम भट्टराईले कार्यकारिणी समिति अध्यक्ष उपेन्द्र यादव निरंकुश र स्वेच्छाचारी रूपमा अगाडि बढेको बताउनुभएको छ ।
     
    आफूपक्षीय केन्द्रीय समितिको विस्तारित बैठकलाई सम्बोधन गर्दै उहाँले वीरगञ्जमा तोकिएको बैठक आफूहरूसँग कुनै छलफल नगरी तय गरिएको दाबी गर्नुभएको छ । 
     
    अध्यक्ष भट्टराईले आफूहरूले पार्टी फुटाउन नचाहेको पनि बताउनुभयो ।  
     
    रूपान्तरण भनेको विकृति विसंगतिहरू आयो भने त्यसलाई हटाएर पार्टीलाई बलियो र सुदृढ बनाउने र आवश्यक पर्‍यो भने, सङ्गठनात्मक परिवर्तन गरेर पुनर्गठन गर्ने भन्ने अर्थ लाग्ने उहाँले दाबी गर्नुभयो । 
     
    ‘विभाजनको निम्ति होइन, त्यसमा कुनै न मनसाय थियो, हामीले आफैं बनाएको सङ्गठन पार्टी किन विभाजन गर्छौं ? आफैंले जन्माएको सन्तानलाई बाउआमाले किन मार्छन ?’ भन्दै उहाँले प्रश्न समेत गर्नुभएको छ । 


    मंगलवार, आषाढ २८ २०७९०३:२२:१५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij