Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

काठमाडौँमै आयुर्वेदिक पद्धतिबाट कोरोना संक्रमितको उपचार, अहिलेसम्म १८० जना संक्रमितको रिपोर्ट नेगेटिभ

काठमाडौँमै आयुर्वेदिक पद्धतिबाट कोरोना संक्रमितको उपचार, अहिलेसम्म १८० जना संक्रमितको रिपोर्ट नेगेटिभ

  • सोमवार, भाद्र ८ २०७७

  • 4.3K
    SHARES

  • काठमाडौँमै आयुर्वेदिक पद्धतिबाट कोरोना संक्रमितको उपचार, अहिलेसम्म १८० जना संक्रमितको रिपोर्ट नेगेटिभ


    काठमाडौँ – काठमाडौँको कीर्तिपुरस्थित राष्ट्रिय आयुर्वेद अनुसन्धान तथा तालिम केन्द्रमा आयुर्वेदीय पद्धतिबाट कोरोना संक्रमितको उपचार भइरहेको छ।

    काठमाडौँकै सबैभन्दा ठूलो आइसोलेसन सेन्टर रहेको उक्त आयुर्वेद अस्पतालमा अहिलेसम्म १८० संक्रमितको उपचार भएको छ।

    डा. रामाधर यादव कार्यकारी निदेशक रहेको उक्त अस्पतालबाट अहिलेसम्म संक्रमणमुक्त भएर घर फर्कनेमा चार वर्षीय बालकदेखि ६५ वर्षसम्मका ज्येष्ठ नागरिक पनि छन्। एक सय भन्दा धेरै संक्रमित अहिले पनि अस्पतालमै रहेका छन्। उनीहरुको पनि आयुर्वेदीय पद्धतिबाट उपचार भइरहेको डा. निर्मल भुसालले जानकारी दिए। अहिले ७८ वर्षीय संक्रमित पनि उपचारका लागि भर्ना भएको उनले बताए। 

    हुन त अहिलेसम्म कोरोनाभाइरस कोभिड १९का बिरामीको कुनै उपचार पत्ता लाग्न सकेको छैन। तर आफूहरुले आयुर्वेदीय पद्धतिबाट थालेको उपचारले प्रभावकारी काम गरेको डा.भुसालले बताए ।

    उनले भने, ‘कोरोनाको औषधि पत्ता लागेको त छैन तर आयुर्वेदीय पद्धतिलाई हामीले पहिलो प्राथमिकतामा राख्नुपर्छ ।’ आयुर्वेदीय पद्धतिबाट थालिएको उपचारले सात दिनमै कोरोना संक्रमितको रिपोर्ट नेगेटिभ आएका कारण पनि आफूहरुलाई हौसला मिलेको डा. भुसालले बताए।

    उनले अस्पतालमा रहेका संक्रमितलाई खानासँगै गुर्जोको औषधि पनि खुवाउने गरिएको बताए। 

    ‘अस्पतालमा संक्रमितलाई दिनमा ४ पटक खानाको व्यवस्था गरिएको छ । बिहानको खाजा, खाना, दिउँसोको खाजा र बेलुकाको खानाको व्यवस्था छ’, उनले भने, ‘खानामा हामीले हाम्रै अस्पतालमा उत्पादन भएको गुर्जाेको औषधि पनि मात्रा मिलाएर दिने गरेका छौँ ।’

    संक्रमितलाई छिटो निको बनाउन अस्पतालले योगा र परामर्शको पनि तयारी गरेको अस्पतालका अर्का डा. विकासराज घिमिरेले बताए। संक्रमितलाई मानसिक समस्याबाट टाढा राख्न मनोसामाजिक परामर्श अति आवश्यक भएको उनले बताए।

    ‘संक्रमितहरुले रोगका लक्षण नभए पनि घरपरिवार र भविष्यको चिन्ता लिने गरेको पाइएको छ’ उनले भने, ‘अब हामीले मानसिक स्वास्थ्य पनि तन्दुरुस्त राख्न योगासँगै परामर्शको व्यवस्था मिलाउने भएका छौँ ।’


    सोमवार, भाद्र ८ २०७७०४:५७:२७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij