काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकार गठन भएको आज एक वर्ष पुगेको छ । सो अवसरमा बुधबार(आज) प्रधानमन्त्री शेरबहादुर देउवाको सचिवालयले ४२ उपलब्धि सार्वजनिक गरेको छ ।
सरकारले पूर्ववर्ती केपी ओली नेतृत्वको सरकारले निम्त्याएको राजनीतिक अस्थिरता र कुशासनको अन्त्य गरी मुलुकलाई लोकतान्त्रिक विधि र पद्धतिमा अघि बढाउन सफल हुनलाई पहिलो उपलब्धि मानेको छ ।
यस्तै, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको लुम्बिनी भ्रमण लगायतका विषय पनि समेटिएका छन् । सरकारले ६८ वर्षमा वृद्ध भत्ता दिने र किसानलाई पेन्सन दिने व्यवस्थाको सुरुवातलाई पनि उपलब्धिमा राखेको छ ।
देउवा सत्ता गठबन्धनमा रहेका कांग्रेस बाहेकका ४ दलको समर्थनमा गत वर्षको असार २९ मा प्रधानमन्त्री बन्नुभएको थियो ।
यस्ता छन् सरकारले सार्वजनिक गरेका उपलब्धि: