Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

कोरोनाभाइरसः नेपालमा थप आठ जनाको मृत्यु, १५ जना सिकिस्त

कोरोनाभाइरसः नेपालमा थप आठ जनाको मृत्यु, १५ जना सिकिस्त

  • सोमवार, भाद्र ८ २०७७

  • 1.1K
    SHARES

  • कोरोनाभाइरसः नेपालमा थप आठ जनाको मृत्यु, १५ जना सिकिस्त

    काठमाडौँ – नेपालमा पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ८ जनाको मृत्यु भएको छ।

    मृत्यु हुनेमा सुनसरीका ६८ वर्षीय पुरुष, मोरङका ६५ वर्षीय पुरुष, पर्साकी ७० वर्षीया महिला, काठमाडौँकी ४८ वर्षीया महिला, रुपन्देहीकी ६७ वर्षीया महिला, रुपन्देहीकै ३८, ५३, ५४ वर्षका पुरुष रहेका छन्।

    योसँगै नेपालमा कोभिड १९ बाट मृत्यु हुनेको संख्या १५७ पुगेको छ।

    मन्त्रालयका अनुसार देशभर १३८ जना आइसीयूमा छन् । सिकिस्त १५ जनाको भेन्टिलेटरमा राखेर उपचार भइरहेको छ।

    यस्तै पछिल्लो चौबिस घण्टामा थप ७४३ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार योसँगै अब कुल संक्रमितको संख्या ३२ हजार ६७८ पुगेको छ।

    २४ घन्टामा कोरोना संक्रमणमुक्त भएर घर फर्किनेको संख्या १७५ जना रहेको छ । योसँगै हालसम्म निको हुनेको संख्या १८ हजार ८ सय ६ जना पुगेको छ।

    पछिल्लो २४ घण्टामा जम्मा १० हजार २३४ पीसीआर परीक्षण भएका छन्। हालसम्म क्वारेन्टाइनमा रहनेको संख्या ११ हजार २ सय ७५ रहेको छ।

    त्यसैगरी आइसोलेसनमा रहनेको संख्या १३ हजार ७१५ जना रहेको छ। काठमाडौँ उपत्यकामा मात्रै थप २२४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।

    काठमाडौँमा १७७, ललितपुरमा ३३ र भक्तपुरमा १४ जना गरी थप २२४ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले नियमित मिडिया ब्रिफिङका क्रममा बताए।


    सोमवार, भाद्र ८ २०७७०५:२२:२३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij