काठमाडौं । नेकपा (माओवादी केन्द्र)ले राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीको राजीनामा मागेको छ।
राष्ट्रियसभाको बिहीबार बसेको बैठकमा माओवादी नेता नारायणकाजी श्रेष्ठले एमालेको अर्थ तथा योजना विभागमा रहेका एम अधिकारीबारे प्रश्न उठाउनुभएको छ ।
२०७३ सालको महाप्रसाद अधिकारी अहिले एम अधिकारीका रुपमा राखिएको आमबुझाइ रहेको भन्दै उहाँले भन्नुभयो, ‘एमाले वा गर्भनर अधिकारीले विश्वसनीय ढंगले खण्डन गर्नुभएको छैन । गर्न स्थिति होला कि नहोला भन्ने प्रश्न पनि छ ।’
यो विषय अलमलमा छ भन्ने मान्ने हो भने पनि विवाद भएपछि गभर्नरले राजीनामा दिनुपर्ने उहाँको भनाइ छ । अरुलाई भन्दा हुने, आफूलाई पर्दा ढाकछोप गर्ने प्रवृत्ति नदेखाउन उहाँले आग्रह गर्नुभयो ।