Jul 31 2026 | २०८३, श्रावण १५ गते

२०८३, श्रावण १५ गते
  • यो साता चर्चामा :
images

गभर्नर महाप्रसाद अधिकारीविरुद्ध अख्तियारमा उजुरी

गभर्नर महाप्रसाद अधिकारीविरुद्ध अख्तियारमा उजुरी

  • बिहिवार, आषाढ ३० २०७९

  • 738
    SHARES

  • गभर्नर महाप्रसाद अधिकारीविरुद्ध अख्तियारमा उजुरी

    काठमाडौं । नेकपा माओवादी केन्द्रको भ्रातृ संगठन योङ कम्युनिस्ट लिग (वाईसीएल)ले गभर्नर महाप्रसाद अधिकारी विरुद्ध अख्तियारमा उजुरी दर्ता गराएको छ ।

    उजुरीमा गभर्नर अधिकारीले आफ्नो शैक्षिक योग्यता ढाँटी राष्ट्रसेवक भई कसुर गरेको गरेको आरोप लगाइएको छ । नेपाल राष्ट्र बैंकको ऐन २०५८ को दफा २१ को (क) अनुसार राजनीतिक दलको सदस्य वा पदाधिकारी भएको कुनै पनि व्यक्ति गभर्नर, डेपुटी गभर्नर तथा सञ्चालक पदमा नियुक्त हुन योग्य हुनेछैन भन्ने व्यवस्थाको प्रतिकूल हुने गरी गभर्नर पदमा बहाल रहेकाले उजुरी दिइएको जनाइएको छ ।

    नेपाल राष्ट्र बैंकको स्वायत्तता, गभर्नरको जवाफदेहिता र देशको मौद्रिक नीतिको संवेदनशीलतामाथि गम्भीर प्रश्न उठेको तथा राज्यलाई गम्भीर हानी नोक्सानी पुग्ने खतरा देखिएकाले आवश्यक छानबिन गरी भ्रष्टाचार कसुरमा कारबाही गर्न उजुरीमा माग गरिएको छ ।


    बिहिवार, आषाढ ३० २०७९०२:१७:१८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij