Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

बाबुराम पक्षमा लागेका नेता, कार्यकर्ताहरुलाई कारबाही गर्ने उपेन्द्रको तयारी

बाबुराम पक्षमा लागेका नेता, कार्यकर्ताहरुलाई कारबाही गर्ने उपेन्द्रको तयारी

  • बिहिवार, आषाढ ३० २०७९

  • 586
    SHARES

  • बाबुराम पक्षमा लागेका नेता, कार्यकर्ताहरुलाई कारबाही गर्ने उपेन्द्रको तयारी

    काठमाडौं । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले पार्टी पुनर्गठनको तयारी गर्नुभएको छ ।

    केन्द्रीय समिति र कार्यकारिणी समिति पुनर्गठन गरी जसपा संघीय परिषद्का अध्यक्ष डा.बाबुराम भट्टराईसहित उहाँका पक्षमा लागेका नेताहरुको नाम हटाउने तयारी भइरहेको छ ।

    उपेन्द्र यादवको अध्यक्षतामा वीरगञ्जमा आयोजित केन्द्रीय समिति बैठकमा सहभागी एक केन्द्रीय सदस्यका अनुसार अधिकांश केन्द्रीय सदस्यले पार्टीमा गैरजिम्मेवार काम गर्ने नेता तथा कार्यकर्तालाई कारवाही गर्नुपर्ने माग राखेका छन् । सोही अनुसार अध्यक्ष यादव पार्टी पुनर्गठनको तयारीमा जुटेको बताइएको छ ।

    बाबुराम पक्षका नेताहरुलाई केन्द्रीय समिति तथा कार्यकारिणीबाट हटाएपछि कारवाही सरह नै हुन्छ । यद्यपि पार्टीको आधिकारिक निर्णय साँझसम्म आउने ती नेताले बताएका छन् । बैठकमा बोल्ने क्रम जारी छ । बैठकमा सहभागी अधिकांश नेताले बाबुराम पक्षका नेताहरुलाई कारवाही गर्न अध्यक्ष यादवलाई दबाब दिइरहेका छन् ।


    यता, बुधबार सम्पन्न बाबुराम पक्षको केन्द्रीय समितिको बैठकमा पनि पार्टी पुनर्गठनको माग उठेको थियो । रुपान्तरणका लागि पार्टीलाई पुनर्गठन गर्नुपर्ने सुझाव नेताहरुले दिएका थिए । वीरगञ्जमा जारी बैठकले के निर्णय गर्छ, त्यसको आधारमा जसपाको बाबुराम पक्ष अगाडि बढ्ने नेताहरुले बताएका छन् ।


    बिहिवार, आषाढ ३० २०७९०४:०१:३४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij