Aug 01 2026 | २०८३, श्रावण १६ गते

२०८३, श्रावण १६ गते
  • यो साता चर्चामा :
images

एआइजी पोखरेलको आइजीपी बन्ने च्याप्टर क्लोज, अब के हुन्छ ?

एआइजी पोखरेलको आइजीपी बन्ने च्याप्टर क्लोज, अब के हुन्छ ?

  • शुक्रवार, आषाढ ३१ २०७९

  • 667
    SHARES

  • एआइजी पोखरेलको आइजीपी बन्ने च्याप्टर क्लोज, अब के हुन्छ ?

    काठमाडौं । सर्वोच्च अदालतले नेपाल प्रहरीको आईजीपी बढुवाविरुद्ध परेको रिट खारेज गरेसँगै लामो समयदेखि विचाराधिन विवाद अन्त्य भएको छ।

    आफूभन्दा १७ महिना जुनियर एआईजीलाई आईजीपी बनाइएको भन्दै एआईजी विश्वराज पोखरेलले गत बैशाख १९ गते सर्वोच्च अदालतमा रिट दर्ता गर्नुभएको थियो ।

    त्यसयता उहाँ लगातार बिदामा रहनुभएको छ । सर्वोच्चका कामु प्रधान न्यायाधीश दीपककुमार कार्की र कुमार चुँडालको इजलासले एआईजी पोखरेल र तत्कालिन तीन डीआईजीले एआईजी सिफारिसविरुद्ध हालेको रिट एकसाथ खारेज गरी दिएका हुन्।

    अब पोखरेलले राजीनामा दिन्छन् वा काममा फर्किन्छन् भन्ने कुनै यकिन भइसकेको छैन। पाँच दिनको बहसपछि कामु प्रधान न्यायाधीश कार्की सम्मिलित इजलासले फैसला सुनाएको हो।


    शुक्रवार, आषाढ ३१ २०७९०४:३६:१०
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij