Jul 31 2026 | २०८३, श्रावण १५ गते

२०८३, श्रावण १५ गते
  • यो साता चर्चामा :
images

पत्रकार कुटपिट प्रकरण : विद्युत् प्राधिकरणका ७ कर्मचारी प्रहरीको नियन्त्रणमा

पत्रकार कुटपिट प्रकरण : विद्युत् प्राधिकरणका ७ कर्मचारी प्रहरीको नियन्त्रणमा

  • शनिवार, आषाढ ३२ २०७९

  • 843
    SHARES

  • पत्रकार कुटपिट प्रकरण : विद्युत् प्राधिकरणका ७ कर्मचारी प्रहरीको नियन्त्रणमा
    काठमाडौं । चितवनमा पत्रकारमाथि कुटपिटमा संलग्न ७ जना सरकारी कर्मचारीलाई प्रहरीले नियन्त्रणमा लिएको छ। 
     
    शुक्रबार साँझ समाचार सङ्कलनका लागि नेपाल विद्युत् प्राधिकरण भरतपुर वितरण केन्द्रमा पुगेका पत्रकार कृष्ण आचार्य केन्द्रका कर्मचारीबाट कुटिएका थिए।
     
    कार्यालयभित्र भइरहेको मदिरासहितको भोजको तस्विर खिचेपछि आचार्यलाई कर्मचारीहरूले कुटपिट गर्दै लखेटेका थिए।
     
    उनीहरूले आचार्यको दुईवटा मोबाइल सेटसमेत नियन्त्रणमा लिएका थिए।
     
    कुटपिटमा संलग्न कर्मचारीलाई नियन्त्रणमा लिन माग गर्दै पत्रकारहरूले शुक्रबार राति प्रहरी कार्यालयमा धर्ना दिएका थिए।
     
    शनिबार बिहान जिल्ला प्रहरी कार्यालयमा आचार्यको परिवार, पत्रकार महासङ्घका अध्यक्ष र विद्युत् प्राधिकरणका प्रमुखलगायत सहभागी छलफलमा भोजमा संलग्न सबै कर्मचारीलाई नियन्त्रणमा लिएर अनुसन्धान गर्ने सहमति भएको हो। 
     
    आचार्यको परिवारले सातै जना कर्मचारीविरुद्ध अभद्र व्यवहारमा किटानी जाहेरी दिएका छन्। 
     


    शनिवार, आषाढ ३२ २०७९०१:३७:०६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij