Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

बाँकेमा २८१ फरार प्रतिवादी पक्राउ

बाँकेमा २८१ फरार प्रतिवादी पक्राउ

  • शनिवार, आषाढ ३२ २०७९

  • 606
    SHARES

  • बाँकेमा २८१ फरार प्रतिवादी पक्राउ
    काठमाडौं । बाँकेमा प्रहरीले ठूलो सङ्ख्यामा फरार प्रतिवादी पक्राउ गरेको छ । विभिन्न मितिमा विभिन्न ठाउँबाट पक्राउ परेका उनीहरू चालू आर्थिक वर्ष २०७९/८० मा २८१ जना रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । 
     
    जिल्ला अदालतबाट दोषी करार भएर कैद भुक्तानबाट बच्ने आशले उनीहरू फरार भए पनि दिनहुँजसो प्रहरीले जिल्लामा फरार प्रतिवादी पक्राउ गरेको छ । 
     
    पक्राउ परेका ज्यान मार्ने उद्योग, लागु औषध कारोबारी, जर्बजस्ती करणी, कुटपिट, ठगी मुद्दालगायतका रहेका छन् । उनीहरूबाट १३३ वर्ष ११ महिना १४ दिन कैद र रु ५६ लाख ५३ हजार ८३५ जरिवाना असुल गर्न बाँकी रहेको प्रहरीले जनाएको छ । 
     
    जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक मधुसूदन न्यौपानेले फरार प्रतिवादीको सङ्ख्या अझै बढ्न सक्ने उल्लेख गर्दै फरार भएका प्रतिवादीमा अझै निगरानी बढाइएको बताउनुभयो । 
     
    उहाँले पक्राउ गरेका प्रतिवादीलाई अदालतमा हाजिर गराएर कारागार चलान गर्ने जानकारी दिँदै सीमाक्षेत्र भएकाले भारतमा गएर लुकेर बस्ने समस्या पनि देखिएको बताउनुभयो । 
     
    अदालतबाट तारेखमा छुटेर फैसला भएका पनि कतिपय फरार हुने गरेका छन् । यस्ता फरार प्रतिवादी ठूलो सङ्ख्यामा रहेको प्रहरीले जनाएको छ । 
     


    शनिवार, आषाढ ३२ २०७९०२:१४:४४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij